१ मंसिर २०८१, शनिबार

सांसद केसीले भने: संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस्

प्रकाशित मिति :  22 February, 2024 12:45 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै केसी प्रतिपक्ष संसद् चलाउने मुडमा नरहेको जस्तो आफूलाई महसुस भएको बताएका हुन् ।

उनले भने, “झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसद्को काम भनेको कानुन निर्माण गर्ने हो । एक वर्षमा एउटा कानुन निर्माण भयो । आम जनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद् अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला ।”

सांसद केसीले संसद्को कार्यतालिका ल्याएर संसद् सञ्चालन गर्ने कुरा स्वागतयोग्य भएको बताए ।



प्रतिक्रिया दिनुहोस !