२८ आश्विन २०८१, सोमबार

कोशी र गण्डकीका पहाडी भेगमा हल्का वर्षा हुने, उच्च पहाड र हिमालमा हिमपात

प्रकाशित मिति :  23 February, 2024 7:19 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने भएको छ ।

मौसम प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !