२८ आश्विन २०८१, सोमबार

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

प्रकाशित मिति :  23 February, 2024 8:14 am


काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बोलाइएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने छ । राष्ट्रिय सभाको बैठक पनि ११ बजे नै बोलाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

त्यस्तै, बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभाको आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् । अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !