२८ आश्विन २०८१, सोमबार

एउटा व्यक्तिका कारण सरकार अलोकतान्त्रिक भयो: अध्यक्ष ओली

प्रकाशित मिति :  23 February, 2024 8:17 am


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए । उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए । उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे ।

उनले भने,”मान्छे मरेका छन्, युवाहरु मरेका छन् । युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ, पहिलो पटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन । लोकतन्त्र मान्ने प्रणालीमा यस्तो हुँदैन । मन्त्री दोषी छ जसले गर्दा युवा मारिए । आफैँले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ । मन्त्री फुर्तिसाथ हिँड्छ । आत्मग्लानी छँदै छैन । न सरकारलाई न मन्त्रीलाई । प्रधानमन्त्रीलाई अफ्ठ्यारो भएको छैन । मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन । मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने । एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने । नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने ?”

अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताए ।



प्रतिक्रिया दिनुहोस !