२८ आश्विन २०८१, सोमबार

रमेश लेखकको प्रस्ताव: संक्रमणकालिन न्यायसम्बन्धि विधेयक एक हप्ता भित्र टुंगो लगाऊँ

प्रकाशित मिति :  23 February, 2024 11:35 am


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक एक हप्ता भित्र टुंगोमा पु¥याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रवार सिंहदरवारमा बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चार माध्यामको दवावलाई समेत ख्याल गरेर सो विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रमुख सचेतक लेखकले सो विधेयकमा १\२ विषय मात्रै सहमति हुन बाँकि रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसदको पूर्ण हाउसले टुंगो लगाउने गरी संसदमा पठाउन ढिलाई गर्न नहुने बताए । उनले संसदीय प्रक्रियामा लगेर संक्रमणकालिन न्याय टुंगो लगाउने कुरामा अव ढिलाई गर्न नहुने पटकपटक दोहो¥याए ।

प्रमुख सचेतक लेखकले पीडितको पीडालाई सम्बोधन गर्न पनि सो विधेयक संसदीय समितिले टुंगोमा पु¥याउन ढिलाई गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !