२८ आश्विन २०८१, सोमबार

प्रमुख प्रतिपक्ष एमालेले माग्यो तीन मन्त्रीको राजीनामा

प्रकाशित मिति :  23 February, 2024 11:54 am


काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरूको राजिनामा माग गरेको छ ।

नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले संसद सुरू भए लगत्तै विशेष समय लिएर बोल्दै सरकारमा सहभागी भएका तीन मन्त्रीबारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे ।

उनले बालकुमारी घटना निकै गम्भीर रहेको र त्यसमा संलग्न रहेको भनि दोषी देखिएका मन्त्रीलाई हालसम्म कारवाही नगरिएको भन्दै संसद चल्न दिन नसकिने बताए ।

उनले बालकुमारी घटना इपियसमा परिक्षा दिन गएका विद्यार्थीहरूमाथि जसरी दमन गरियो अनि घटना भयो तर सरकारका मन्त्री झन्डा हल्लाउदै भिडलाई उत्तेजित बनाएको आरोप उनले लगाए ।

उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई दोषी सरकारले बनाएको आयोगले नै ठहर गरेकाले उनी पदमा बस्न मिल्दैन भनि दावी गरे । उनले भने,”यसरी नैतिक रुपमा दोषी मन्त्री पदमा बस्न मिल्दैन । हत्या हो भनेर प्रधानमन्त्रीले भनेपछि गृहमन्त्रीले नैतिक जिम्मेबारी लिन पर्छ कि पर्दैन ।”

त्यस्तै उनले संस्कृति पर्यटनमन्त्री सुदान किरातीको पनि राजिनामा माग गरे । उनले लुम्विनी विकास कोषको रामग्रामको जग्गा लिजमा दिने जस्तो गम्भीर कार्य गर्ने व्यक्ति मन्त्रीको रुपमा बस्न नमिल्ने दावी गरे । ९९ वर्षमा लिज दिने निर्णय मन्त्रीले गरेका कारण वहाँको नैतिक जिम्मेबारी हुने भएकाले पदमा बस्न नमिल्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !