२८ आश्विन २०८१, सोमबार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति :  23 February, 2024 12:24 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।

सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !