२८ आश्विन २०८१, सोमबार

कानून समितिले पनि क्यालेण्डर बनाएरै काम गर्छः सभापति सुवेदी

प्रकाशित मिति :  23 February, 2024 1:07 pm


काठमाडौँ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै समितिको कामलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताएकी हुन् ।

उनले संघीय संसदले पनि क्यालेन्डर बनाएर आफ्नो कामलाई अघि बढाएकाले समितिले पनि त्यसैअनुसार अघि बढ्न कुनै समस्या नहुने स्पष्ट पारिन्। सभापति सुदेवीले समितिले आफ्नो कार्यक्षेत्र भित्रका विविध विषयहरूमा पनि छलफललाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

विगतमा विधेयक केन्द्रित विषयहरूले मात्रै प्राथमिकता पाएको र अब भने कार्य क्षेत्र भित्रका अन्य विषयमा पनि छलफललाई अघि बढाउने उनको प्रष्टिकरण थियो ।

बैठकमा समितिका सदस्यहरुले बैठकलाई निरन्तरता दिने काम समेत नगरेको भन्दै सभापति सुवेदीको आलोचना गरिन् ।



प्रतिक्रिया दिनुहोस !