२८ आश्विन २०८१, सोमबार

घरमाथि ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

प्रकाशित मिति :  23 February, 2024 1:04 pm


विराटनगर । मोरङको बूढीगंगामा कच्चा पदार्थ बोकेको भारतीय ट्रक पल्टिँदा तीनजनाको ज्यान गएको छ।

बूढीगंगा गाउँपालिका–४ प्रगती टोलमा आर.जे.२९ जी.बी.१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा तीनजनाको ज्यान गएको छ भने २ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृत्यु हुने एकै परिवारको दुई जना बालक सहित अर्का एक जना छिमेकी रहेका छन् ।

ज्यान गुमाउनेमा बूढीगंगा गाउँपालिका(४ की ४ वर्षीया इसिता अधिकारी र छोरा निशान्त अधिकारी छन्। उनीहरू ज्योति अधिकारीका जुम्ल्याहा छोराछोरी हुन्।

उक्त घटनामा सञ्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ। आँगनमा सुतेको अवस्थामा गाडी पल्टिएपछि खसेको ठूलो ढुंगाले उनीहरूलाई किचेको थियो।

घटनामा आमाहरू ज्योति र सञ्जु खवास घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।

मार्बलको सामान लिएर उद्योगतर्फ जाँदै गरेको ट्रक पल्टिँदा घटना भएको हो। मार्बलको कच्चा पदार्थ बोकेर भारतबाट बूढीगंगाको जेएनजे मार्बल उद्योगमा आउँदै गरेको ट्रक पल्टिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !