२८ आश्विन २०८१, सोमबार

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

प्रकाशित मिति :  23 February, 2024 1:12 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।



प्रतिक्रिया दिनुहोस !