२८ आश्विन २०८१, सोमबार

सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेन्डरअनुसार बस्नुपर्छ: सुनिल शर्मा

प्रकाशित मिति :  23 February, 2024 1:48 pm


काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले समितिको बैठक क्यालेन्डरअनुसार चलाउन माग गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले नेपाली नागरिकको पक्षमा कानुन बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरे ।

उनले भने, “विद्यालयमा हुँदा पनि यो पिरियडमा यो पढाइ हुन्छ भन्नेकुरा थाहा हुन्थ्यो । सांसद भएर आइयो र समितिको बैठक कहिले हुन्छ भन्नेकुरा हामीलाई यहाँबाट खटाएर एसएमएस गरेपछि लुगाफाटा लगाएर हत्तपत्त नुहाइधुवाई गरेर आउनुपर्ने स्थिति छ । कि त मतदान गरौँ, कि त यो उत्तर कोरियाको पार्ल्यामेन्ट हो भन्नुपर्छ, होइन भने मेजेरिटीको इन्ट्रेसलाई एड्रेस गर्नुपर्छ । बुझ पचाएर बस्न पाइँदैन । तपाईंले क्यालेन्डर दिनैपर्छ । आज यसको उत्तर पनि दिनुपर्छ, क्यालेन्डर दिने की नदिने, नदिने भए किन रु कति बेला समिति बस्छ भनेर रुँगेर बस्ने हो ?”

शर्माले सांसदहरू समितिको बैठक कति बेला बस्छ भनेर कुरेर बस्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !