२८ आश्विन २०८१, सोमबार

गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छः एमाले सांसद दाहाल

प्रकाशित मिति :  23 February, 2024 1:57 pm


काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरिन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी हुन् ।

सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गरे । उनले भने, “सरकार आलटाल गरिरहेको छ । माननीय मन्त्रीज्युले राजीनामा दिनु पर्दैन ? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन । र उनीहरू न्यायको माग गरिरहेका छन् । राज्य कहाँ हो भनेर खोजिरहेका छन् । यति घट्दा खटिसक्दा गृहमन्त्रीज्यु कहाँ हुनुहुन्छ । न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके । हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ । काम गरे भयो नि त । त्यसैले यो असफल सरकार भएको छ ।”

सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टिकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस !