२८ आश्विन २०८१, सोमबार

टीआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ: एमाले सचेतक बर्तौला

प्रकाशित मिति :  23 February, 2024 2:05 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले नागरिकहरूले टीआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताएका हुन् । उनले समितिमा उठेका विषयहरुलाई छलफल गरी छिटो भन्दा छिटो पीडितमैत्री कानुन बनाइ पारित गर्न आवश्यक रहेको बताए ।

“यो महत्त्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अफ्ठ्यारो हुँदै आएको विषय हो, छिटो गुर्नपर्छ भन्नेमा सबैको सहमति छ । समितिमा उठेका चार विषयमा केही साँघुरो हुन खोजेको छ, त्यसलाई एक ढंगले फिनिसिङ गरेर गयो भने समितिको मात्रै ओनरसिपको कुरा हुँदैन । सबैले ओनरसिप लिने किसिमको कुरा हो,” उनले भने ।

सचेतक बर्तौलाले सबैले न्याय पाएको महसुस हुनेगरी विधेयक टुंग्याउनुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !