२८ आश्विन २०८१, सोमबार

सांसद देवकोटाको निष्कर्षः महावीर पुनजस्ता व्यक्तित्वहरू राष्ट्रिय सभामा हुनुपर्ने हो

प्रकाशित मिति :  23 February, 2024 2:17 pm


काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरू राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन् ।

शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए । सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको दाबी गरे ।

पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने उनले बताए ।

सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।

सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !