२८ आश्विन २०८१, सोमबार

दुधको भुक्तानी दिन राप्रपा सांसद सिंहको माग

प्रकाशित मिति :  23 February, 2024 4:58 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले किसानहरूलाई दुधको भुक्तानी दिन सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरूले दुधको भुक्तानी नपाएर आन्दोलिन हुनुपरेको भन्दै दुधको भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् ।

उनले सांसदहरूलाई निर्वाचन क्षेत्र विकासको लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताए । उनले सहकारीहरूले पार्टीका नेताहरूको छत्रछायाँमा जनताको अर्बै रुपैयाँ खाएका पनि बताए ।

उनले भने, “सहकारीहरूले पार्टीको नेताहरूको छत्रछाँयाबाट अर्बै रुपैयाँ जनताको पैसा खाएको छ । एकजनालाई पनि समातेर कारबाही गरेर असुली गरेको छैन । मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई भनेको छु, जुन पाँच करोड रुपैयाँ हामीलाई दिइएको छ, पहिला किसानहरूलाई अनुदान र दुधको भुक्तानी गरिदिनुस् । हामी तपाईहरूसँग चाहियो भनेर माग्दैनौँ । त्यसैपनि अदालतले रोकेको छ । त्यो पैसा नेपालका किसानहरुलाई दुध व्यापारीहरूलाई राहत र सहयोग गरिदिनुस् ।”



प्रतिक्रिया दिनुहोस !