२८ आश्विन २०८१, सोमबार

आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन: शशांक कोइराला

प्रकाशित मिति :  24 February, 2024 2:48 pm


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे ।

उनले भने, “नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको रूपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । उमङ्ग र उत्साहका साथ जानुपर्छ, भविष्य हाम्रो हो । काँग्रेस पार्टीको भविष्य हो । काँग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।”

नेता कोइरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौँमा आज चियापान समारोह राखेका थिए । सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस !