२८ आश्विन २०८१, सोमबार

प्रधानमन्त्रीद्वारा नेपालकै लामो कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

प्रकाशित मिति :  24 February, 2024 7:50 pm


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।

सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरिएको हो ।

शनिवार उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले तराईमा सिंचाइ बिस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे।

नेपालको भुगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिएको चर्चा गर्दै निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु-याएको बताए।

प्रधानमन्त्री दाहालले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउने विश्वास व्यक्त गरे। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !