५ आश्विन २०८१, शनिबार

प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत हुने

प्रकाशित मिति :  25 February, 2024 8:13 am


काठमाडौँ । आज (आइतवार) प्रतिनिधिसभा बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने भएको छ।

प्रकाशित सम्भावित कार्यसूची अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !