२८ आश्विन २०८१, सोमबार

मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन: सांसद बराल

प्रकाशित मिति :  25 February, 2024 12:09 pm


काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताइन् ।

उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । मानसिक समस्याका कारण समाजमा अपराध र आपराधिक घटना बढिरहेको भन्दै उनले मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको आरोप लगाइन् ।

उनले भनिन्, “केही दनिअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौँमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र आपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो । त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ ।”

उनले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !