२८ आश्विन २०८१, सोमबार

सांसद शाहीको जिकिरः विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ

प्रकाशित मिति :  25 February, 2024 1:55 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र चाहिने वा नचाहिने भन्नेकुरा पनि रोज्न पाइने व्यवस्था संविधानले नै गरेको जिकिर गरेका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको संविधानको धारा २७४ ले यो व्यवस्था चाहिने वा नचाहिने भन्नेकुरा पनि संशोधन गर्न पाईन्छ भन्नेकुरा स्पष्ट उल्लेख गरिएको दाबी गरेका हुन् ।

प्रमुख सचेतक शाहीले आफूले फरक विचार राख्दैमा केही सांसदहरूले राजीनामा मागेको भन्दै आक्रोश व्यक्त गरे । उनले जुम्लाका जनताले आफूलाई निर्वाचित गराएर पठाएको हुनाले कुनै अमुक व्यक्तिले राजनीमा माग्दैमा दिन नसकिने उनको भनाइ थियो ।

प्रवक्ता शाहीले आफूहरूले हत्या, हिंसा कुनैपनि जघन्य अपराध गरेर नआएको हुनाले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको पनि पटक पटक दोहो¥ए ।

उनले भने, “बालकुमारीमा दिनदहाडै गोली हानेर मारियो । त्यो पनि युवालाई । फक्रक्क फर्कन नपाउँदै कोपिलामै चुडाईदियो । दुई नव जवान युवाहरूको सपना बालकुमारी नै उठाई दियौं । थिए होलान् तिनीहरूका पनि सपना । न्यानो लगाउने र मिठो खाने । रक्षक नै भक्षक भएपछि सम्माननीय सभामुख महोदय, न्याय खोज्ने अब हामी कहाँ जाने रु आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् तिनकी आमा । अपराधीलाई कारबाही गर्न भनि संसदमा आवाज उठाउँदा माग्छौं मेरो राजीनामा । सत्ता तिम्राै छ, शक्ति तिमैं छ । जति दबाउन सक्छौ दबाऊ । दबिएर दबिँदैन यी आवाजहरू।”

प्रमुख सचेतक शाहीले आफूले जातको नाममा, धर्मको नाममा आफूले हिंसा नगरेकाले राजनीमा दिनुपर्ने कुनै कारण नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !