२८ आश्विन २०८१, सोमबार

संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैनः सांसद सापकोटा

प्रकाशित मिति :  25 February, 2024 2:02 pm


काठमाडाैँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको बिरोध नगर्न चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै बिरोध गर्ने गरेको भन्दै आपत्ति जनाए । उनले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न नमिल्ने बताए । उनले संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरू हुन नसक्ने बताए ।

उनले जलवायु परिवर्तन नेपालका लागि मात्रै विश्वका लागि नै चुनौति बनिरहेको बताए । उनले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी राजनीतिक मुद्दा बनेको बताए ।



प्रतिक्रिया दिनुहोस !