२८ आश्विन २०८१, सोमबार

सांसद भट्टराईको प्रश्न :पोखराका १६ वटा सहकारी जोखिममा छन्, संचालकहरूलाई कारबाही गर्न कसले रोक्यो ?

प्रकाशित मिति :  25 February, 2024 2:30 pm


काठमाडौँ । नेकपा एमालेकी संसाद विद्या भट्टराईले पोखरा महानगरपालिका भित्र रहेका ३६७ वटा सहकारीमध्ये १६ सहकारी संस्थामा वचतकर्ताको वचत जोखिममा परेको बताएकी छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी सुधार कार्यदलले भदौ २५ मा प्रतिवेदन बुझाउँदै सहकारी संस्था सञ्चालनमा विचलन आएको भनिए पनि उक्त सुझावलाई सरकारले बेवास्था गरेको बताइएकी हुन्।

उनले पोखराका भुइँ मान्छेहरूको वचत हिनामिना गरी फरार रहेका सूर्यदर्शन सहकारीका मुख्य सञ्चालकहरूलाई फरार सूचिमा राखि सरकार रमिता हेरिरहेको आरोप लगाइन् । उनले रकम हिनामिना गर्ने फरार अभियुक्तलाई पक्राउ नगरेका कारण नागरिकहरु आत्माहत्या गर्ने ठाउँमा पुगेको उल्लेख गरिन् । उनले सरकारलाई कारबाही गर्न कस्ले रोक्यो रु भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन् “पोखराका भुइँमान्छेहरूको वचत हिनामिना गरी फरहार रहेका सूर्यदर्शन सहकारीका मुख्य सञ्चालकहरूलाई फरार सूचिमा राखि सरकार रमिता हेरिरहेको छ । रकम हिनामिना गर्ने फरार अभियुक्तलाई पक्राउ नगरेका कारण नागरिकहरु आत्माहत्या गर्ने ठाउँमा पुगेका छन् । सरकारलाई कारबाही गर्न कस्ले रोक्यो प्रश्न गर्न चाहन्छु । यसबारेमा संसदमा जानकारी गराउँदै तत्काल वचतकर्ताको रकम फिर्ता गर्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !