२८ आश्विन २०८१, सोमबार

सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छः सांसद गौतम

प्रकाशित मिति :  25 February, 2024 4:21 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छन् ।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरूलाई आग्रह गरिन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरू कसलाई भेट्छन् ? भनि प्रश्न समेत गरिन् ।

उनले प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भएपनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको बताइन् । उनले यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अफठ्याराे परेको बताइन् ।

उनले ठूला पार्टीहरु संसदमा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेका बताइन् । उनले वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रीत गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !