२८ आश्विन २०८१, सोमबार

गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, चालक पक्राउ

प्रकाशित मिति :  25 February, 2024 4:47 pm


काठमाडौँ । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध (गाँजा) ओसार पसार गर्ने एक जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ भेडेटारबाट हिजाे (शनिवार) प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका वडा नम्बर ८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् ।

एम्बुलेन्समा गाँजाको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो ।

लागुऔषध गाँजा बरामद भए सँगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !