२८ आश्विन २०८१, सोमबार

राप्रपाले सोमवार संसद अवरुद्ध गर्ने

प्रकाशित मिति :  25 February, 2024 5:42 pm


काठमाडाैँ । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले भाेलि (सोमवार) संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आइतवार मिटरब्याजी पीडितहरूलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरूको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गरे । उनले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिए । उनले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताए ।

अध्यक्ष लिङदेनले गरिव जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गरे । उनले मिटर ब्याजीका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !