२८ आश्विन २०८१, सोमबार

सोमवारको मौसमः उच्च पहाड र हिमालमा छिटपुट हिमपात, बाँकी भूभागमा मौसम सफा रहने

प्रकाशित मिति :  26 February, 2024 6:56 am


काठमाडौ। आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा पूर्वानुमान छ।

विभागका अनुसार सोमवार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखिहल्का हिमपातको सम्भावना छ।

विभागका अनुसार सोमवार रातमा पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुट देखिहल्का हिमपातको हुन सक्नेछ।

मौसमको प्रणालीका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !