२८ आश्विन २०८१, सोमबार

बरू सरकारले गोली हानोस्, न्याय नपाएसम्म सडक आन्दोलन रोकिँदैनः मिटरब्याज पीडित

प्रकाशित मिति :  26 February, 2024 7:11 am


काठमाडौँ। सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् ।

आईतवार काठमाडौँमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् ।

उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे । पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्का गरेको गुनासो गरे ।

पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए । उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरेका छन्।

रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाइन् । उनले घर फर्कदा साँहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको जानकारी गराए।

रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताउनु भयो । उहाँले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताए।

रहिमले सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको भन्दै न्याय पाउने आशाले काठमाडौं आएको विश्वास व्यक्त गर्दै न्याय नपाए मर्न पनि तयार रहेको बताए।

उनले भने, “लघुवित्त र साहु माहजनको ऋण बढी रहेको छ । समस्या समाधानको सरकारसँग माग गरिरहेका छौं । समाधान हुने विश्वास छ । सरकारले कति दिनमा न्याय दिने उसैको हातमा छ । माग सम्बोधन नभएसम्म कोही पनि जाँदैन । पीडितहरु मर्न पनि तयार छ ।”

अर्का मिटरब्याजी पीडित परेखी महत्तोले १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदिँदा समस्यामा परेको भनाइ छ। उनी सम्पती बेचेर ऋण तिर्न समेत नपाएको र आन्दोलनमा आउँदा मकावानपुरमा कुटपिटमा समेत परेको नमिठो अनुभव छ ।

घरमा बसे पनि सडकमा मर्ने अवस्था रहेको भन्दै न्यायको लागि सडकमा नै मर्न तयार रहेको उनको भनाइ छ । सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्ने र न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी उनीजस्ता धेरेको छ।

महत्तोको भनाइ छ, “१ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदियो । बेच्न पनि पाउँदैन । अवस्था गम्भिर भयो । सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्छौं । घरमा बसे पनि सडकमा मर्ने हो यहाँ पनि सडकमा नै मर्न तयार छौँ । न्याय नपाएसम्म आन्दोलन रोकिँदैन ।”

महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैंकले दिएरको दबाब बढिरहेको बताइन्। उनले बैंकबाट लिएको ३ लाख ऋणको तीन वर्षमा ८ लाख पुगेको भन्दै बैंकले कि घरखाली गर नभएर चाँबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताइन्।

उनले भनिन्, “लघुवित्तबाट ऋण लिएको थिए, बैंकमा धितो छ । ऋण लिएरको ३ लाखमा ५० हजार धरौटी राखेर २ लाख ५० हजार लिएको हो । तीन वर्षमा ८ लाख भयो । घरजग्गा बैंकमा छ फिर्ता गर्न माग गर्दा सरकारले सुन्दैन । माग पूरा भएपछि मात्रै फर्कने योजना छ । मरे पनि सरकारले होली हाने पनि सडकमा आन्दोलन गर्नसकेका छौ ।”

सरकारले न्याय दिने आशाले काठमाडौं आएको र न्याय नपाएसम्म गाउँ नर्फने भनाइ बराइलीको छ। माग पूरा नभएसम्म सरकारले गोली हाने पनि आन्दोलन जारी राख्ने धेरैको भनाइ छ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !