२८ आश्विन २०८१, सोमबार

सरकारले आन्तरिक सुशासनलाई पुरै बेवास्ता गर्‍यो : पौडेल

प्रकाशित मिति :  26 February, 2024 10:29 am


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनको सरकारले आन्तरिक सुशासनलाई पुरै बेवास्ता गरेको आरोप लाएका छन । यस अघिको सरकारले थालेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त बनाउँदै आर्थिक क्रियाकलाप ठप्प भएको बताएका हुन् ।

बुटवलको नहरपुर माविमा भारतीय सरकारको सहयोगमा निर्मित भवनको आइतबार उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मुख भएको बताए ।

उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरूद्ध पार्टीले सदन र सडकबाट खबरदारी गर्नुको विकल्प नभएको बताए ।

उनले भने , ‘राष्ट्रियता अत्यन्त कमजोर, सुशासन कमजोर छ । विकासप्रति सरकारको चासो नै छैन । चालू भएका आयोजनामा बजेट काटेको छ । थप कुनै योजना, आयोजना छैनन् । यो सरकारले मुलुकलाई असफलताको दिशातिर धकेलेको छ । अब सरकारको असफलता प्रमुख प्रतिपक्ष दलले हेरेर बस्दैन । सदन र सडकबाट दह्रो खबरदारी गर्छ ।’

पौडेलले बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने बताए ।



प्रतिक्रिया दिनुहोस !