२८ आश्विन २०८१, सोमबार

सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

प्रकाशित मिति :  26 February, 2024 10:57 am


काठमाडौँ । स्याङ्जामा सवारी ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला अदालत स्याङ्जाको २०८० असोज २२ गतेको फैसलाले एक महिना कैद सजाय तोकिएका गल्याङ नगरपालिका वडा नम्बर ८ का ४१ वर्षीय हुमलाल सारु पक्राउ परेका हुन् ।

सारुलाई आइतबार पक्राउ गरी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !