२८ आश्विन २०८१, सोमबार

४ मन्त्रीको राजीनामाका लागि प्रधानमन्त्रीमाथि दबाब बढाउँदै प्रतिपक्षी एमाले

प्रकाशित मिति :  26 February, 2024 12:20 pm


काठमाडौँ । नेकपा एमालेले ४ मन्त्रीलाई पदबाट हटाउन दबाब बढाउने प्रयास गरेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको राजीनामा माग गरिरहेको एमालेले आज सदन अवरुद्ध गरेको छ ।

नेकपा(एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले यी ४ मन्त्री विवादित बनेको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

सम्बन्धित मन्त्रीहरूले राजीनामा नदिएमा उनीहरूलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बाँस्कोटाको भनाई छ ।

विवादित मन्त्रीहरुलाई नहटाएसम्म एमालेको आन्दोलन जारी रहने बाँस्कोटाको भनाई छ । उनले सामन्तवादका अवशेषहरूलाई पिठ्युमा बोकेर समाजवादको हल्ला गरेर बस्ने छुट सरकारलाई नभएको बताए ।

उनले भने,“सामन्तवादका अवशेषहरूलाई पिठ्युँमा बोकेर समाजवादको हल्ला गरेर बस्ने छुट छैन सरकारलाई । प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । उहाँ के गर्नुहुन्छ ? विवादित मन्त्रीहरुको विषयमा ? कि उनीहरुले राजीनामा दिनुपर्‍याे । कि उहाँले बर्खास्त गर्ने आँट गर्नुपर्‍याे।”

बाँस्कोटाले आफूहरू यत्तिकै चुप लागेर नबस्ने चेतावनी दिए । एमालेले सदन अवरुद्ध समेत गरेको छ । नाराबाजी गरेपछि १५ मिनेटका लागि भन्दै बैठक स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !