२८ आश्विन २०८१, सोमबार

रवि लामिछानेको प्रश्न: विवादित मन्त्रीहरूलाई सदनमा उभिएर जवाफ दिन केले रोक्यो ?

प्रकाशित मिति :  26 February, 2024 12:20 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरूले आफूमाथि उठेका प्रश्नहरूको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरूमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले सभामुखले पटक–पटक रुलिङ गरेकाे भन्दै मन्त्रीहरूलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे ।

उनले भने, “यो सार्वभौम संसदलाई लडाइँको क्षेत्र जस्तो, आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइएको छ? सभामुखबाट रुलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरूले आफूलाई लागेको गम्भिर आरोपका विषयमा यो सदनमा आएर उभिएर जवाफ दिन रोकेको छ के ले ? किन यो चिज निरन्तर मागिरहनुपर्ने भयो ? सभामुखको रुलिङलाई पनि बेवास्ता गर्ने ? प्रतिपक्ष मात्र होइन सत्ता पक्षमा रहेका साथीहरू समेत सरकारका विभिन्न रवैयाहरूको बिरोध गरिरहेको, आलोचना गरिरहेको यो परिप्रेक्षमा जुन ढंगले वेवास्ता गरिएको छ यो गम्भिर विषय छ ।”

उनले सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान नगरेको बताउँदै विगतमा मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !