४ आश्विन २०८१, शुक्रबार

बुद्ध जयन्तीको अवसरमा देशभरी सार्वजनिक विदा

प्रकाशित मिति :  6 May, 2020 3:38 pm


काठमाण्डौं, २४ वैशाख ।

सरकारले बुद्ध जयन्तीको अवसरमा भोली देशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भोली बुद्ध जयन्तीको अवसरमा विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले भनेको छ ,‘२०७७ साल बैशाख २५ गते विहिबार बुद्ध जयन्ती(बैशाख पूर्णिमा/ चण्डी पूर्णिमा ) परेकाले उक्त दिन मुलुक भरी सबैलाई लागू हुने गरी विदा रहेको व्यहोरा निर्णयाअनुसार अनुरोध छ ।’

विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि मुलुक लकडाउनमा भएपछि अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्ध जयन्तीको औपचारिक समारोह भने सरकारले स्थगित गरिसकेको छ ।

सरकारले बुद्ध जयन्तीको अवसरमा भोली साँझ ७ बजे दीप प्रज्वलन गर्न आव्हान गरेको छ । लुम्बिनी विकास कोषले सरकारद्धारा जारी कोरोना सुरक्षासम्बन्धित मापदण्ड अपनाएर दिप प्रज्वलन गर्न तथा पुजापाठ गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !