२८ आश्विन २०८१, सोमबार

राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा

प्रकाशित मिति :  26 February, 2024 4:04 pm


काठमाडौँ । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरेका छन् ।

सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै एउटा पार्टी, र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, एमाले सबै पार्टीहरूमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरू एकजुट हुनुपर्ने बताए । उनले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताए ।

उनले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !