२८ आश्विन २०८१, सोमबार

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

प्रकाशित मिति :  26 February, 2024 5:56 pm


काठमाडौँ । चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। आज (सोमबार) दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए। नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ।

आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि भोलि (मंगलबार) बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !