२८ आश्विन २०८१, सोमबार

टस जितेर व्याटिङ गरेको नामिबियाले दियो २०७ रनको लक्ष्य

प्रकाशित मिति :  27 February, 2024 1:55 pm


काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो। नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे। उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् । मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।

मलान क्रुगर ५९ रनमा अविजित रहे। लफ्टी इटोन र क्रुगरबीच चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी भएको थियो।

नेपालका करन केसीले ३ ओभरमा ३२, सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, रोहित पौडेलले ४ ओभरमा ३०, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिएका थिए।



प्रतिक्रिया दिनुहोस !